
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम ऎतिहासिक वडा अधिवेशन आज देशैभर सम्पन्न भएको छ ।यसैक्रममा कोहलपुर नगरपालिकाले पनि १५ वटै वडामा अधिबेशन सम्पन गरेको हो।
यसै क्रममा कोहलपुर नगरपालिका वडा नं. १३ को वडा अधिबेशन भव्यताकासाथ सम्पन्न भएको छ। वडा कमिटी अध्यक्ष रुपसिङ डागिको अध्यक्षतामा बसेको बैठकले निर्विरोध कमिटी गठन गर्न सफल भएको हो।
कार्यक्रममा बिशिस्ट अतिथी पुर्व मन्त्री माननीय प्रदेश कमिटी सदस्य आरती पौडेल, जिल्ला कमिटी सचिवालय सदस्य गोमा खनाल , जिल्ला कमिटी सदस्य ओम प्रकाश वलि , लाल बहादुर राना , क्षत्रीय कमिटी सदस्य रिम बहादुर खत्री, लाल बहादुर बुढाथोकी लागाएत पार्टिका अन्य नेतहरूको उपस्थितीमा कमिटी गठन भएको हो ।
जसमा अध्यक्ष रुप सिङ डागी, उपाध्यक्ष पबित्रा रावल, सचिव लाल बहादुर बुढाथोकी, उप सचिव शुक बहादुर पचभैया, उप सचीव गुरूवचन थारु लगाएत निर्बिरोध २६ सदस्यीय वडा कमिटी गठन भएको छ ।
सचिबमा निर्वाचित बुढाथोकी कोहलपुरका चर्चित युवा नेता हुन । बिद्यार्थी राजनीति बाट राजनीति सुरु गरेका उनले अहिले पार्टीको वडा कमिटी सचिब सम्हाल्न सफल भएका छन । उनका अनुसार “पार्टीले अगामी निर्वाचनमा यदि मलाई जिम्मेवारी दियो भने आगमि स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्षमा भिड्न तयार छु । अब बुडाले हैन हामी युवाले नै देश हाक्न जरुरी छ । वडाको बिकासमा कटिबद्ध भएर काम गर्दै जनता को प्रीय प्रतिनिधि बन्न पाउ ” भन्दै उनले बाँके अपडेट मिडिया लाई बताए ।
त्यस संगै २२ जना सदस्यलाई नगर प्रतिनिधिमा पठाउने समेत निर्णय भएको वडा कमिटीले बताएको छ ।





