
| समाचार सुर्खेतको सिम्ता गाउँपालिकाले स्थानीय पर्वको अवसरमा कात्तिक २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको कार्यालयले २०८३ साल कात्तिक २० गते सार्वजनिक सूचना जारी गर्दै कात्तिक २७ गतेका दिन स्थानीय पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माद्वारा हस्ताक्षरित सूचनामार्फत उक्त दिन सार्वजनिक बिदा रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ।
स्रोत : सिम्ता गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सुर्खेत।










