
२९ बैशाख,
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले बिल बिजक तथा प्रज्ञापन पत्र नभएका लाखौँ मूल्य बराबरका लत्ताकपडा बरामद गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका–२ घरवारीटोल क्षेत्रमा प्रहरीले चेकजाँच गर्ने क्रममा बिल तथा आवश्यक कागजात नभएका लेडिज कुर्ता सुरुवाल र कुर्ती बरामद गरेको हो।
बरामद गरिएको लत्ताकपडाको अनुमानित मूल्य रु. ६ लाख ७४ हजार रहेको प्रहरीले जनाएको छ। उक्त सामानसहित एक जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि वैशाख २९ गते भन्सार कार्यालय नेपालगञ्ज, बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक पातलीले जानकारी दिएका छन्।








