
२९ बैशाख,
बाँके । जिल्ला प्रहरी कार्यालय बाँके तथा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी पक्राउ विशेष अभियान अन्तर्गत विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएका ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
विशेष अपरेशनका क्रममा बाँके जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक पातली का अनुसार पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित अदालतमा पेश गर्ने तयारी गरिएको छ।








