
सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानून अनुसार ४५ प्रतिशत भाडा छुट नदिएको गुनासो बढेपछि यातायात व्यवस्था विभागले कडा निर्देशन जारी गरेको छ।
विभागले सबै सार्वजनिक सवारी साधनलाई विद्यार्थीलाई अनिवार्य रूपमा ४५ प्रतिशत भाडा छुट दिन निर्देशन दिएको हो। यसअघि पनि यस्तो व्यवस्था भए तापनि व्यवहारमा कार्यान्वयन कमजोर रहेको भन्दै विभागले अब कडाइका साथ लागू गर्न चेतावनी दिएको छ।
निर्देशन उल्लंघन गर्ने सवारी साधनमाथि आवश्यक कारबाही गरिने विभागले जनाएको छ। विद्यार्थीहरूलाई छुट नदिएमा सम्बन्धित निकायमा उजुरी दिन पनि विभागले आग्रह गरेको छ।





