९ बैशाख,

बाँके — नेपाल प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीलाई देशभरकै ‘सर्वोत्कृष्ट कार्यसम्पादन’ गर्ने अधिकृतका रूपमा सम्मान गरेको छ।

प्रहरी संगठनको नीति तथा निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अनुशासित, इमानदार, व्यवसायिक र कर्तव्यनिष्ठ ढङ्गले जिम्मेवारी निर्वाह गरेको आधारमा जिसीलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

प्रधान कार्यालयका अनुसार एसपी जिसीले अपराध नियन्त्रण, निर्वाचन सुरक्षा तथा न्याय सम्पादनका क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप सम्मान गरिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेको नेतृत्व सम्हालेपछि जिल्लाको शान्ति–सुरक्षा अवस्था मजबुत बनाउनुका साथै अपराध अनुसन्धानमा पनि उनले महत्वपूर्ण उपलब्धि हासिल गरेको मूल्यांकन गरिएको छ।

पुरस्कार ग्रहणपछि प्रतिक्रिया दिँदै एसपी जिसीले यसले आफूमा थप जिम्मेवारीको अनुभूति गराएको बताए। उनले भने, “आगामी दिनमा पनि आमनागरिकलाई सुरक्षित वातावरणको अनुभूति गराउने, प्रहरी सेवामा नागरिकमैत्री व्यवहारलाई अझ सुदृढ बनाउने तथा पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न निरन्तर प्रतिबद्ध रहनेछु।”

नेपाल प्रहरीको यस वर्षको ‘सर्वोत्कृष्ट कार्यसम्पादन’ पुरस्कारबाट सम्मानित जिसी हाल जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुखका रूपमा कार्यरत छन्।

प्रतिक्रिया

सम्बन्धित ख