
२ बैशाख,
काठमाडौं । सरकारले वैदेशिक रोजगारीको लागि इजरायल, कुवेत, बहराइन र लेवनानको पुनः श्रम स्वीकृति कार्य सुचारु गरेको छ ।
वैदेशिक रोजगार विभागले बुधबार (वैशाख २) जारी गरेको विज्ञप्तिअनुसार गत चैत ३० गतेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णयानुसार चार देशका पुनः श्रम स्वीकृति कार्य सुचारु गरिएको हो ।
अमेरिका–इजरायल र इरानबीच युद्ध चर्किएपछि सरकारले २०८२ फागुन १७ गते मध्यपूर्व तथा खाडी क्षेत्रमा रहेका मुलुकहरूमा वैदेशिक रोजगारीका लागि प्रदान गरिने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगन गरेको थियो ।
यसअघि साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन र टर्की को पुनः श्रम स्वीकृति सूचारु गर्ने निर्णय सरकारले गरेको थियो । बाँकी देशहरू इजरायल, कुवेत, बहराइन र लेबनान देशको पुनः श्रम स्वीकृति सुचारु गर्ने निर्णय भने चैत ३० गते गरिएको हो ।









