
सुशीला रेग्मी ✍️
सुर्खेत, सिम्ता — सिम्ता गाउँपालिकाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको सेवा करार पदपूर्तिको अन्तिम नतिजा सार्वजनिक गरेको छ।
गाउँ कार्यपालिकाको कार्यालय, सिम्ता–६, सुर्खेतले प्रकाशित सूचना अनुसार मनोसामाजिक परामर्शकर्ता (सहायक पाँचौँ तह) पदका लागि लिइएको प्रतिस्पर्धात्मक परीक्षाबाट विरेन्द्र जी.सी. सफल भएका छन्।
यसअघि प्रकाशित सूचना अनुसार आवेदन दिएका उम्मेदवारहरूबाट प्रारम्भिक छनोट, लिखित परीक्षा, कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्ता समेतका आधारमा अन्तिम नतिजा निकालिएको गाउँपालिकाले जनाएको छ।
त्यसैगरी, वैकल्पिक सूचीमा खुमा पुन (वर्ती) रहेका छन्।
गाउँपालिकाले सफल उम्मेदवारलाई ७ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा उपस्थित भई सेवा करार सम्झौता तथा नियुक्ति प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।
उक्त सूचना २०८२ चैत १० गते प्रकाशित गरिएको हो।






