
२९ फागुन,
बाँके । नेपाल शिक्षक महासंघले नवनिर्वाचित सांसद खगेन्द्र सुनारको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। महासंघले विज्ञप्ति जारी गरेर सुनारले शिक्षक र शिक्षण पेसाप्रति अभिव्यक्त अमर्यादित शब्दप्रयोग गरेको भन्दै आपत्ति जनाएको हो।
महासंघले देशमा विद्यालय शिक्षाको विकास तथा नेपाली शिक्षक-कर्मचारीको हक, हित र मर्यादाको प्राप्ति तथा संरक्षणका लागि नेपाल शिक्षक महासङ्घ सदैव प्रतिबद्ध रहने जनाएको।
‘त्यसैले नेपाली शिक्षक-कर्मचारी पेसागत मर्यादा र स्वभिमान विपरितका कुनै पनि अभिव्यक्ति र व्यबहार महासङ्घलाई ग्राह्य हुन सक्दैन, विसं २०८२ साल फागुन २१ सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित एकजना माननीय साँसदबाट शिक्षक र शिक्षण पेसाप्रति अभिव्यक्त अमर्यादित शब्द र आशयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, आफ्नो पदीय गरिमालाई समेत विर्सेर गरिएको यस अभिव्यक्तिप्रति हामी खेद प्रकट गर्दछौं, साथै आफ्नो यस अभिव्यक्तिप्रति क्षमा माग्न र आइन्दा यस्ता विचार व्यक्त नगर्न समेत सम्बन्धित व्यक्तिलाई सजग गराउन चाहन्छौं,’विज्ञप्तिमा उल्लेख छ।








