८ फागुन,

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन) विरुद्ध घर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप लगाउँदै गृह मन्त्रालयमा उजुरी परेको छ।

सामाजिक अभियन्ता युवराज सफलले दर्ता गराएको उजुरीमा साहले नागरिकता ऐन, २०६३ विपरीत कार्य गरेको दाबी गर्दै उनको नागरिकता खारेज गरी कानुनी कारबाही गर्न माग गरिएको छ।

गृहमन्त्रालयलाई सम्बोधन गरिएको निवेदनअनुसार २०६३ साल पुस ६ गते जिल्ला प्रशासन कार्यालय, महोत्तरीबाट ५१९२ नम्बरको नागरिकता लिँदा साहको घर ठेगाना ‘साह’ उल्लेख गरिएको थियो। तर २०७९ असार १९ गते मेयर निर्वाचित भएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट नागरिकताको प्रतिलिपि लिँदा घर परिवर्तन गरी फरक विवरण उल्लेख गरिएको आरोप लगाइएको छ।

उजुरीकर्ताले नागरिकता ऐन, २०६३ को दफा १२ अनुसार झूटो विवरण दिएर नागरिकता लिएको प्रमाणित भएमा नागरिकता रद्द गर्न सकिने व्यवस्था रहेको उल्लेख गरेका छन्। साथै, दफा १७(२) अनुसार घर परिवर्तन गर्दा आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने भए पनि सो प्रक्रिया नअपनाइएको दाबी गरिएको छ।

सफलले आफ्नो उजुरीलाई बेवास्ता गरिए सर्वोच्च अदालतसम्म जाने चेतावनी दिएका छन्। “गृह मन्त्रालयमा उजुरी दर्ता गराएको छु। सरकारले यसलाई बेवास्ता गरे सर्वोच्चसम्म जान्छु,” उनले भने।

निवेदनमा सम्बन्धित कागजातको अनुसन्धान गरी कानुन बमोजिम नागरिकता खारेज गर्न तथा पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना गर्न माग गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख