६ फागुन,

बाँके : आईसीसी टी–२० विश्वकप मा नेपालले १२ वर्षपछि ऐतिहासिक जित दर्ता गरेको छ। सन् २०१४ पछि पहिलो पटक विश्वकपमा जित निकाल्दै नेपालले लामो हारको श्रृंखला अन्त्य गरेको हो।

नेपालले यसअघि सन् २०१४ को विश्वकपमा हङकङ राष्ट्रिय क्रिकेट टोली लाई ८० रनले र अफगानिस्तान राष्ट्रिय क्रिकेट टोली लाई ९ रनले पराजित गरेको थियो। तर बंगलादेश राष्ट्रिय क्रिकेट टोली सँग ८ विकेटले पराजित भएपछि नेपाल अघिल्लो चरणमा पुग्न असफल भएको थियो। त्यसपछि लामो समय विश्वकपमा सहभागिता जनाउन नसकेको नेपाल गत वर्ष पुनः विश्वकपमा छनोट भएको थियो। यद्यपि, उक्त संस्करणमा नेपाल जितविहीन रहँदा दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोली सँगको १ रनको रोमाञ्चक हार अझै समर्थकका लागि ताजै छ।

यसपटक समूह ‘सी’ अन्तर्गत लगातार तीन खेल गुमाए पनि अन्तिम खेलमा नेपालले स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोली लाई ७ विकेटले पराजित गर्दै सान्त्वना जित हात पार्‍यो। यससँगै समूह ‘सी’ का सबै टोलीले कम्तीमा एक जित दर्ता गरेका छन्।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो। उसका लागि माइकल जोनेसले सर्वाधिक ७१ रन बनाए भने जर्ज मुन्सीले २७ रन जोडे। पहिलो विकेटका लागि यी दुईबीच ८० रनको साझेदारी भएको थियो। ब्रान्डन म्याकमुलेनले २५ तथा रिची बेरिङटनले १० रन बनाए।

नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिँदा रोहित पौडेल र कुशल भुर्तेलले समान १–१ विकेट लिए।

१७१ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल बाँकी रहँदा लक्ष्य पूरा गर्‍यो। नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले २३ बलमा ५० रनको विस्फोटक अर्धशतक प्रहार गरे। उनले ४ चौका र ३ छक्का प्रहार गरे। गुल्सन झाले २४ रन जोड्दा कुशल भुर्तेलले ४३ तथा आसिफ शेखले ३३ रन बनाए। रोहित पौडेलले १६ रनको योगदान दिए। दीपेन्द्र र गुल्सनबीच चौथो विकेटका लागि ७३ रनको अविजित साझेदारी भएको थियो।

स्कटल्यान्डका माइकल लिस्कले ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

यस जितसँगै नेपालले विश्वकपमा १२ वर्षदेखिको जितको खडेरी तोड्दै समर्थकलाई खुशी बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख