
५ फागुन,
बाँके : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जीबी राईलगायत प्रतिवादी रहेको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने भएको छ।
कास्की जिल्ला अदालतले सर्वोच्च अदालतबाट अन्तिम आदेश नआएसम्म मुद्दा फिर्ता प्रक्रिया अगाडि नबढाउने निर्णय गरेको हो।
जिल्ला न्यायाधीश नीतिज राईको एकल इजलासले महान्यायाधिवक्ताको कार्यालयबाट आएको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन परेकाले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको जनाएको छ।
यस सम्बन्धमा सर्वोच्च अदालतबाट हुने आदेश जिल्ला अदालतमा प्राप्त भएपछि मात्रै अन्तिम निर्णय गरिने अदालतका रजिस्ट्रार राजन खनालले जानकारी दिएका छन्।












