
३ फागुन,
काठमाडौं : उज्यालो नेपाल पार्टी ले फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै राज्य संरचनामा खर्च कटौती, राजनीतिक स्थायित्व र सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताएका छन्।
प्रतिबद्धता पत्रअनुसार प्रतिनिधिसभा सदस्य संख्या हालको २ सय ७५ बाट घटाएर २ सय १ कायम गर्ने तथा प्रदेशसभा सदस्य संख्या ५ सय ५० बाट घटाएर ३ सय ३० मा सीमित गर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै संघीय सरकारअन्तर्गत मन्त्रालयको संख्या २५ बाट घटाएर १५ मा झार्ने तथा प्रदेश सरकारमा मन्त्रालय संख्या ५ देखि ७ वटामा सीमित गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
प्रदेश सरकारको स्थायित्वका लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ भने स्थानीय तहको निर्वाचन दलविहीन रूपमा गरिनुपर्ने धारणा पनि पार्टीले अघि सारेको छ।
पार्टीले आफ्नो प्रतिबद्धता पत्रमार्फत सरकारी संरचना सानो, प्रभावकारी र उत्तरदायी बनाउने लक्ष्य लिएको जनाएको छ।


Screenshot

Screenshot

Screenshot

Screenshot


Screenshot

Screenshot












