१ फागुन,

सुर्खेत — आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई थप कडाइ गरिएको छ। सोही क्रममा आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना चेकपोष्टमा तालिम प्राप्त कुकुर (K-9) सहितको संयुक्त प्रहरी टोलीले विशेष चेकिङ तथा गस्ती सञ्चालन गरेको छ।

केनाइन शाखा कोहलपुरबाट २ वटा तालिम प्राप्त कुकुरसहित खटिएको टोलीमा केनाइन शाखा, जिल्ला प्रहरी कार्यालय सुर्खेत, लागू औषध नियन्त्रण शाखा तथा प्रहरी चौकी सुब्बाकुनाका गरी २५ जना सुरक्षाकर्मी सहभागी थिए। चेकिङका क्रममा सिमानाबाट भित्रिन सक्ने अवैध हातहतियार, विस्फोटक पदार्थ तथा लागू औषध नियन्त्रणमा केन्द्रित खोजतलास गरिएको थियो।

सोही क्रममा वीरेन्द्रनगर–९ लाटिकोइली निवासी २४ वर्षीय गौरब रावलमाथि शंका लागेपछि जाँच गर्दा उनको साथबाट नापतौल नगरेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ७ पोका बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सुर्खेत जिल्लाका प्रमुख प्रवेश नाका, मुख्य बजार क्षेत्र तथा दुवै निर्वाचन क्षेत्रमा तालिम प्राप्त कुकुर र प्राविधिक जनशक्तिको सहयोगमा नियमित गस्ती, चेकजाँच तथा सुरक्षा कारबाही जारी राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख