१९ माघ,

बाँके : फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ।

गत मंगलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेशबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो।

आजदेखि सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको छ। उक्त प्रणाली सोमबार पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने र मङ्गलबार मध्य नेपालसम्म फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

ती क्षेत्रमा पूर्ण बादल लाग्नेछ भने बाँकी क्षेत्रमा पनि आंशिक बादल लागी चिसो बढ्नेछ। पश्चिम नेपाल चिसो भइसकेको र हिउँ परिरहेको अवस्थामा अबको प्रणालीले पनि मध्यमसम्म वर्षा तथा हिमपात गराउने मौसमविद् अधिकारीले बताए।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र अन्य क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा गराउनेछ। काठमाडौँमा मंगलबार राति छिटपुटसम्म वर्षा हुन सक्नेछ। सोमबार तराई भूभागका केही ठाउँमा हुस्सुकुहिरो रहने तथा देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।

देशका हिमाली भूभागका एकदुई ठाउँमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सोमबार राति तराई भूभागका थोरै ठाउँमा हुस्सु रहने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। 

प्रतिक्रिया

सम्बन्धित ख