
११ माघ,
बाँके । आफूखुशी गैरहाजिर रहेका १७ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।
आइतबार सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेका ती कर्मचारीहरूलाई कारण खुलाएर सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित हुन भनेको हो।
खोजतलास गराउँदा तथा सूचना टाँस गरिसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएकाले यस्तो निर्देशन जारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
गैरहाजिर हुनेमा एक जना प्रहरी सहायक निरीक्षक, एक जना हवलदार, एक जना सहायक हवलदार, ११ जना जवान तथा तीन जना कार्यालय सहयोगी रहेका छन्।
प्रहरी प्रधान कार्यालयले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर हुनुको कारण खुलाएर उपस्थित नभए प्रचलित नियमावलीअनुसार सेवाबाट हटाइने चेतावनी पनि दिएको छ।








