
२९ पुस,
बाँके : भारतको हिमाचल प्रदेशको अर्की क्षेत्रमा भएको ग्यास सिलिन्डर विस्फोटमा परी सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका ९ जनाको मृत्यु भएको छ।
एउटै गाउँका दुई परिवारका ९ जना सदस्यको मृत्यु भएको हो। उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा आगलागीसमेत भएको थियो। उनीहरुको मृत्युमा गाउँपालिकाले शोक विदा दिएको छ।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा, १० वर्षीया छोरी रेणुका र २२ महिनाको छोरा राजन रहेका छन्।












