२३ पुस,

बाँके । बाँके जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध (ब्राउन सुगर) सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना कोहलपुर नगरपालिका–११ र एक जना नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा क्षेत्रबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–११ टेलिकम कार्यालय नजिक कोठा भाडामा बस्दै आएका मुकेश बमकृपा तामाङको कोठामा खानतलासी गर्दा लागूऔषध फेला परेको हो । खानतलासीका क्रममा कोठाको भुइँमा रहेको बिस्तरामुनि लुकाइछिपाइ राखिएको प्लास्टिकभित्र १७ पुडिया ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको उक्त पदार्थको शुद्ध तौल ६ ग्राम ३५० मिलिग्राम रहेको छ । साथै, घटनास्थलबाट नेपाली नगद रु. ८९ हजार ९ सय, आईफोन १२ प्रो मोबाइल एक थानरियलमी कम्पनीको स्क्रिन टच मोबाइल एक थान समेत बरामद गरिएको छ ।

पक्राउ पर्नेमा कालिकोट जिल्लाको रास्कोट नगरपालिका–५ घर भई हाल कोहलपुर–११ मा बस्दै आएका २३ वर्षीय मुकेश बमनेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर घर भई हाल कोहलपुर–११ मा बस्दै आएकी २० वर्षीया कृपा तामाङ रहेका छन् । उनीहरूलाई सम्मानित बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा क्षेत्रमा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले रफिक खानलाई पक्राउ गरेको हो ।

प्रहरीले भे.११.प.३६६ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा रफिक खानको साथबाट १०३.०३० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ, मोबाइल फोन एक थान र मोटरसाइकल समेत बरामद गरेको जनाएको छ । त्यसपछि निजको घर कोठामा थप खानतलासी गर्दा दराजभित्र लुकाइ राखिएको २.०७ ग्राम ब्राउन सुगर समेत फेला परेको थियो ।

यसरी कुल १०५ ग्राम १०० मिलिग्राम ब्राउन सुगरनगद रु. ५० हजार बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने रफिक खान बाँके जिल्ला जानकी गाउँपालिका–५ बुढिया गाउँका ३७ वर्षीय हुन् । उनलाई सम्मानित बाँके जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार लागूऔषध नियन्त्रणका लागि जिल्लाभर कडाइका साथ अभियान सञ्चालन भइरहेको र यस्ता गैरकानुनी गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइनेछ ।

प्रतिक्रिया

सम्बन्धित ख