
१४ पुस,
बाँके । जिल्ला बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छलि ल्याइएका सामान बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विभिन्न मितिमा भारतबाट नेपालतर्फ तस्करी गरी ल्याइएका लत्ता–कपडा, खाद्यान्न, रेडिमेड वाटर फ्यान, म्याग्नेसियम भिटामिनलगायतका सामानहरू बरामद गरिएको हो। बरामद गरिएका सामानहरूको अन्दाजी मूल्य रु. ४,५०,१५०/- (चार लाख पचास हजार एक सय पचास रुपैयाँ) रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज, बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक पातलीले जानकारी दिनुभयो।








