
१६ साउन,
काठमांडो । क्याम्पस कमिटी सदस्य हुँदै क्याम्पस सचिव, जिल्ला कमिटी सचिव, सिटीभिटी राष्ट्रिय कमिटी अध्यक्ष हुँदा विद्यार्थीका हक अधिकार सर्वसुलभ शिक्षाका निम्ति अग्र मोर्चामा रही आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गरेका नितेश २४ औं राष्ट्रिय महाधिवेशनमा लोकप्रिय मत प्राप्त गरी खुल्ला सचिवालय सदस्यमा निर्वाचित लामिछानेले उपत्यका विशेष प्रदेश कमिटीको इन्चार्ज सम्हाल्ने भएका छन्। लामिछाने यसअघि दुई कार्यकाल केन्द्रीय कमिटी सदस्य र पदेन सचिवालय सदस्यको भूमिका निर्वाह गरिसकेका छन ।
यसैगरी काठमाडौँ क्याम्पस जिल्ला इन्चार्जमा दुर्गम क्षेत्र जाजरकोट जिल्लामा जन्मिएका दीपक रेग्मीलाई जिम्मेवारी दिइएको छ। उनी पनि प्राबिधिक धारबाटै उदाएका हुन पछिल्लो समय टिभी कार्यक्रम शैक्षिक आवाज चलाएर लोकप्रिय छन । उनले ३ बर्से सिभिल इन्जिनियर गरेर काठमाडौँ छिरेका हुन्। अखिलमा उनको योगदान धेरै लामो र गहिरो नभए पनि उनी विद्यार्थीहरूको हरेक मुद्दामा समस्यामा अग्रसर हुँदै आएको देखिन्छ ।
अनेरास्ववियु बाँके जिल्ला कमिटि सदस्य , जाजरकोट काठमाडौं सम्पर्क कमिटी अध्यक्ष , कर्णाली काठमाडौं सम्पर्क कमिटी अध्यक्ष हुँदै केन्द्रिय शैक्षिक बिभाग सदस्य भएर काम गरे । उनी शैक्षिक बिभाग सदस्य हुदा बिभाग प्रमुख गोबिन्द थपलियालाई राम्रै सङ्ग साथ दिएर टिभी सङ्गको सहकार्यमा शैक्षिक बिभागबाटै शैक्षिक आवाज कार्यक्रम चलाउन थाले त्यसपछि उनको लोकप्रियता ह्वात्तै बढेको थियो। अहिले उनी २४ औं राष्ट्रिय महाधिवेशनबाट लोकप्रिय मत प्राप्त गरि केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन ।








