२३ असार,

बाँके । नेकपा (एमाले) का सांसद सूर्य थापाले रास्वपाका सभापति रवि लामिछानेको पक्षमा पार्टी पँक्तिले सुरु गरेको हस्ताक्षर अभियानलाई राजनीतिक प्रपोगाण्डाको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘२०८२ साल असार ७ गते नै भैरहवा कारागारमा पूर्पक्षमा रहेका एकजना व्यक्तिको नाममा १५ पृष्ठको अपिल जारी गरिएको छ, त्यसलाई मैले अपिल भनेको छैन, त्यसलाई मैले त याचना पत्र भनेको छ । त्यही याचनापत्रसहित अहिले हस्ताक्षर अभिायन जारी छ । किनभने सर्वोच्च अदालतमा, उच्च अदालतमा र जिल्ला अदालतमा आधा दर्जनभन्दा बढि मुद्दा चलिरहेका छन् र त्यसलाई प्रतिशोध भन्ने कि राजनीति ? त्यसलाई प्रतिशोध भन्दै अहिले हस्तक्षर अभियान चलिरहेको छ, त्यो खासमा राजनीति हो । त्यो राजनीतिक प्रपोगाण्डा हो । राजनीतिक प्रचार हो । आफ्नो रोटी सेक्ने उपक्रम हो । म दाबीका साथ भन्दछु कि सर्वोच्च अदालतबाट जुन आदेश भएको छ, त्यो आदेशलाई हस्ताक्षरले बदल्न सक्दैन ।’

प्रतिक्रिया

सम्बन्धित ख