
६ चैत्र,
बाँके । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ।
केशरजंग शाहको नेतृत्वमा रहेको अनेरास्ववियुले चुनाव जित्दा क्रान्तिकारी दोस्रो र नेविसंघका उम्मेदवार तेस्रो भएका छन्। अनेरास्ववियुका शाहले ५ सय ९९ मत ल्याउदा क्रान्तिकारीका हरेन्द्रबहादुर विकले ५ सय २७ मत ल्याएका छन्। नेविसंघका सन्तोष रावलले ३ सय ६४ मत ल्याएका छन्।
नेविसंघको उम्मेदवारले कम ल्याए पनि समानुपातिकमा बढी मत ल्याएको छ। समानुपातिक मतमा अनेरास्ववियुले ६ सय २१, नेविसंघले ४ सय ९७ र क्रान्तिकारीले ३ सय ९० मत ल्याएका छन्।
यस्तै सचिवमा चिरन्जीवी बुढा, कोषाध्यक्षमा सुरेन्द्र रावल सदस्यहरुमा अमिश विक, बन्दना थारु, अंकितकुमार यादव, टक्क रोकाय, निरज यादव, राजीव शाह, शिशिर सुवेदी र गोपाल आउजी विजयी भएका छन्।