
१७ पुस,
बाँके । आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । नयाँ वर्षकै दिन आज नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो।
आज सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदी प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।





