
२३ कात्तिक,
बाँके । बलात्कार आरोपमा पक्राउ परेका कोहलपुर स्थित सेन्चुरी एजुकेसनल एकेडेमिका फाउन्डर लोकेन्द्र चन्दलाई कारवाही गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाँकेले माग गरेको छ ।
अनेरास्ववियुले शुक्रबार विज्ञप्ति जारी गर्दै चन्दले आफ्नै स्कुलमा अध्ययनरत एक नावालिक छात्रामाथि गरिएको जबरजस्तीकरणीको घोर भत्सर्ना गर्दै कारवाही गर्न माग गरेको हो ।
कोहलपुर नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले बिद्यालयलाई पनि कार्वाहीको दायरामा ल्याउन विज्ञप्तिमा भनिएको छ । यद्यपि उक्त दोषी शिक्षकलाई कही कतैबाट उम्काउन वा बचाउन खोजिएमा जोडदार आन्दोलन गर्ने अनेरास्ववियु बाँकेले चेतावनी समेत दिएको छ ।
पीडित बालिकाको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले चन्दलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।