
२१ कात्तिक,
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाह चेकपोष्टस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित खजुरा गाउँपालिका-५ रजनवा बस्ने २७ वर्षीय ननकउ कन्दुलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जमुनी र बिओपि फुटाहबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।