
१४ कात्तिक,
बाँके । साफ महिला च्याम्पियनसीपको फाइनल खेल आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६:३० बजे साबिक विजेता बंगलादेश र नेपाल उपाधिका लागि भिड्दैछन्।
अखिल नेपाल फुटबल संघले सबै दर्शकहरुलाई सुरक्षित र शान्तिपुर्ण वातावरणमा खेलको आनन्द लिन अनुरोध गरेको छ ।
यो सँगै एन्फाले नेपाल र बंगलादेशबीचको फाइनल खेलमा बन्दुक, छुरा तथा अन्य कुनै पनि धारिला हातहतियार वा औजार, चुरोट, लाइटर, सलाई, मादक वा नशालु पदार्थ, ठुला झोला (साना झोला सुरक्षा जाँचपछि मात्र अनुमति दिइने), मोटरसाइकल हेल्मेट, बिना अनुमतिका ब्यानर, झन्डा, पोस्टर, पानी वा अन्य कुनै चियो पेय पदार्थका बोतल वा क्यान, लेजर लाईट, छाता, लिपिस्टिक, नेलकटर, कैची, काइयो ल्याउन निषेध गरेको छ ।