
१३ कात्तिक,
बाँके । बाँकेको बैजनाथ गाउँपालिका–२ स्थित बालुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–६ बस्ने राजपती थारुको छोरा ९ वर्षीय कात्तिक थारुको नुहाउने क्रममा डुबेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।





