
८ कात्तिक,
बर्दिया । गुलरिया नगरपालिका-१० थारू पर्सियास्थित खेतबारीबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका-१० बस्ने ५० वर्षीय दुलारी यादव समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले नगद ५ हजार ८ सय ५५ रूपैयाँ र ३ बुक तास बरामद गरेको छ । उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





