८ कात्तिक,

बाँके : नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता तिर्न उद्योगीलाई दिएको म्याद आज (बिहीबार) सकिँदैछ। तर, बुधबरसम्म कुनै पनि उद्योगले यसबापतको बक्यौता तिरेका छैनन्।

उद्योगीले अल्टिमेटमलाई बेवास्ता गर्दै बक्यौता तिर्न अटेरी गरेपछि प्राधिकरण पुनः विद्युत काट्ने मनस्थितिमा पुगेको छ। त्यसका लागि प्राधिकरण सञ्चालकको समितिको बैठक अहिले केहीबेरमा बस्नेगरी बोलाइएको प्राधिकरणका सूचना अधिकारी चन्दनकुमार घोषले जानकारी दिए। बैठकले लाइन काट्ने या नकाट्ने भन्ने निर्णय गर्ने उनले बताए।

उद्योगीको लाइन काट्ने पक्षमा प्राधिकरण रहे पनि सरकार भने नजिकै आएको तिहार पर्व र लेखा समितिलाई देखाउँदै तत्काल लाइन काट्न नहुने पक्षमा छ। प्राधिकरणले गत असोज ४ गते बक्यौता रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित ६१ उद्योगीलाई पुनः पत्र पठाएको थियो । तर एक उद्योगीले पनि समयसीमाभित्र बक्यौता नतिरेपछि यो विवाद पुनः चर्किने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख