
५ कात्तिक,
बाँके । अवैधरुपमा भन्सार छलि गर्न ढुवानीमा प्रयोग गरीएको गाडीसहित बाँके प्रहरीले सामान बरामद गरेको छ।
नेपालगन्ज २ घरवारी टोल स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठरी गरी ल्याएको करिव २,६९,४५०।- बराबरको कटन र उलनको कुर्ता सुरुवाल, स्वेटर र ढुवानीमा प्रयोग गरीएको गाडीको अन्दाजी मुल्य रु.६,५०,०००।– गरी जम्मा ९,१९,४५०।– (नौ लाख उन्नाईस हजार चार सय पचास) बराबरको सामान प्रहरीले बरामद गरेको हो।
बरामदका लत्ताकपडा, गाडी र ढुवानीमा संलग्न दुई जना मानिस सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ।





