
५ कात्तिक,
बाँके । कोहलपुर नगरपालिका-८ सिक्टा नहरस्थित पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही नगरपालिका-८ पिपिरी बस्ने २४ वर्षीय शंखर यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण व्यूरो शाखा नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ





