४ कात्तिक,

बाँके : नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज एक खेल अगावै जितेको छ।

दोस्रो टी- २० अन्तर्राष्ट्रिय खेलको ‘सुपर ओभर’मा घरेलु टोली अमेरिकालाई हराउँदै नेपालले ती खेलको शृंखला एकअघि अगावै जितेको हो। निर्धारित २० ओभरको खेलमा दुबै टोलीले १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले तीन रनको लक्ष्य दियो। सोमपाल कामीले तेस्रो बलमै सायन जहान्गिरको विकेट लिँदै अमेरिकालाई दबाबमा राखेका थिए। चौथो बलमा उनले आरोन जोनेसको विकेट लिएपछि नेपालले जम्मा ३ रनको लक्ष्य पायो।जवाफमा नेपालको लागि क्रिजमा कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेल आएका थिए। उनीहरुले तीन बलमा लक्ष्य पूरा गरे।

आज बिहान अमेरिकाको डालासमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १७१ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा अमेरिकाले पूरा २० ओभर खेल्दा ७ विकेट गुमाएर १७० रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।

यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो। अब, तेस्रो खेल सोमबार बिहान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित ख