२ कात्तिक,

बाँके । होटेलमा बास बस्ने बाहानामा आई होटेल संचालकसहितका परिवारलाई बिषादी सेवन गराई लुटपाट गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १३ बस्ने सन्जु कोइराला र जिल्ला तनहु देवघाट गा.पा. वडा नं. ५ का कालु परियार रहेका छन् । स्थानिय प्रहरीको सहयोगमा सन्जु कोइरालालाई पोखराको १३ अमलाचौर स्थित निजको आफ्नै घर कोठाबाट र कालु परियारलाई देवघाट ५ स्थित क्षेत्रीटोल बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक नविन प्रकाश चापागाईले जानकारी दिए ।

गत असोज १२ गते बेलुका कोहलपुर नगरपालिका वडा नं. ११ नयाँ बस्पार्क स्थित न्यू रारा कर्णाली होटेलमा बास बस्ने बाहानामा आई होटेल संचालककी आमा पार्वती उपाध्यायलाई आमा नाता लगाई निजको भरोसा जिति असोज १५ गते राति अन्दाजी ११ बजेको समयमा होटेलमा पार्वती उपाध्याय र निजका २ जना नातीनी विधा आचार्य र विनिशा आचार्यलाई फ्रुटी तथा मोहिमा घातक विषादी मिसाई खुवाई निजहरुको शरीरमा रहेको एक तोला सुनका रिङ, आधा तोलाको तिलहरी, दुवै छोरीको कानमा रहेका ४ वटा गरी १ तोला सुनका रिङ, नाकमा लगाएको ९ आनाको नथनिया गरी जम्मा २.५ तोला ९ आना तौल भएका सुनका गहना र काउन्टरमा रहेको रु. ३०,०००।-बराबरका नगद तथा जिन्सी सामान चोरी गरी भागी फरार रहेका थिए ।

दुवैजनालाई स्थानिय प्रहरीको समेतको सहयोगमा पक्राउ गर्नुको साथै कालु परियारको साथबाट LORAZEPAM TABLETS IP 2 MG लेखेको (२ स्ट्रीप) जम्मा १७ ट्याबलेट बेहोस पार्ने औषधी बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ गरी अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय कोहलपुर बाँके ल्याई बाँके जिल्ला अदालत मार्फत ज्यान मार्ने उद्योग र चोरी कसूरमा कालु परियारलाई दिन ७ र सन्जु कोईरालालाई दिन ६ म्याद थप गरि आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख