२ कात्तिक,

बाँके । बाँके प्रहरीले असोज महिना भित्रमा विभिन्न मुद्दामा फरार रहेका ५२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेबाट २०८१ असोज महिनामा सम्पादित प्रमुख कार्य प्रगति बिवरण अनुसार, ५२ जना फरार अपराधी पक्राउ गरीएको, जसबाट १० बर्ष ११ दिन कैद रु.१, २४,८५९।- जरिवाना असूल उपर गरिएको हो ।

यस्तै असोज मसान्त भित्रमा ११९ वटा मुद्दा दर्ता भएकोमा १०७ जना ब्यक्तीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको छ भने २५ वटा पेण्डिङ मुद्दाहरु फछर्छौट गरिएको छ । ठाडो उजुरी ६११ वटा प्राप्त भएको ४४७ फर्छौट भएकोमा र ९३ वटा बाँकी निबेदन फर्छौट प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख