
बाँकेको जमुनाह नजिकै बाट ९०० पिस लागु औषध ट्रामाडोल सहित एक जना मानिस पक्राउ परेका छन् । स्थायी ठेगाना विरेन्द्रनगर नगरपालिका वडा न. ११ सुर्खेत घर भएका हाल बैजनाथ गाउँपालिका २ डिगिया बस्दै आएका वर्ष ३४ को रेशम नेपाली पक्राउ परेका छन्।भारतीय बजार रुपैडिहा बाट नेपालगंज तर्फ पैदल जाँदै गरेका नेपालीलाई संका लागि चेक जाँच गर्दा उनको साथ बाट ठुलो मात्रामा ट्रामाडोल फेला परेको हो। पक्राउ परेका नेपालीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ।









