बाँके ✍🏼

। लगातार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म २०३ जनाको मृत्यु भएको पाइएको छ।जसमा बाढी, पहिरो लगायतका विभिन्न विपद्‍मा परी सुदूरपश्चिम प्रदेशमा १६ ,कर्णाली प्रदेशमा १३ ,लुम्बिनी प्रदेशमा ३७,गण्डकी प्रदेशमा ५६,बागमती प्रदेशमा ४२,मधेश प्रदेशमा ८ ,कोशी प्रदेशमा २८ र काठमाडौं उपत्यकामा ३ जना गरी जम्मा २ सय ३ जनाको मृत्यु भएको छ।साथै सुदूरपश्‍चिम प्रदेशमा ३४ ,कर्णाली प्रदेशमा ६२,लुम्बिनी प्रदेशमा १९ ,गण्डकी प्रदेशमा ४७,बागमती प्रदेशमा २८,मधेश प्रदेशमा १२,कोशी प्रदेशमा ३८ र काठमाडौं उपत्यकामा ११ जना गरी जम्मा २ सय ५१ जना घाइते भएका छन् । साथै सुदूरपश्‍चिम प्रदेशमा १ सय १ ,कर्णाली प्रदेशमा २ ,लुम्बिनी प्रदेशमा ४,बागमती प्रदेशमा १२ ,कोशी प्रदेशमा ४९ र काठमाडौं उपत्यकामा २८ जना गरी जम्मा २ सय १० जनाको उद्दार गरिएको छ ।

बाढी पहिरोमा परी सुदूरपश्‍चिम प्रदेशमा १, कर्णाली प्रदेशमा १ ,लुम्बिनी प्रदेशमा १,कोशी प्रदेशमा ३,मधेश प्रदेशमा १ ,बागमती प्रदेशमा ४५ र गण्डकी प्रदेशमा २ जना गरी ५४ जना वेपत्ता भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालहरुमा लगिएको छ भने वेपत्ताहरुको खोजी कार्य जारी छ ।

बाढीको कारण अहिले सम्म ४ सय ८ घर डुबानमा परेका छन् । २ वटा सरकारी कार्यालय ,६ वटा विद्यालय ,५२ वटा पुल,३ सय ६४ वटा घर र १ सय २३ वटा गोठमा क्षति पुगेको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ९ सय २४ वटा पशु चौपायको मृत्यु भएको छ भने ६ हजार ४४ घर परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख