
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट जारी अस्पतालहरुको न्युनतम सेवा मापदण्डमा समेत अस्पताल हाता भित्र अस्पताल फार्मेसी बाहेक अन्य फार्मेसी हुनुहुदैन भन्ने प्रावधान विद्यमान छ।मिति २०८०/४/१६ गतेको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिपत्र जारी गरेको थियो।उक्त परिपत्रलाई बनकटुवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले बेवास्था गर्दै आएको पाइएको छ।
निर्देशिकामा व्यवस्था भए अनुसारको अस्पताल फार्मेसी संचालन कार्यान्वयन गर्न तथा हाल सम्म पनि आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी संचालनमा नरहेका स्वास्थ्य संस्था/अस्पतालहरुले परिपत्र जारी भएको मितिले एक महिना भित्र आवश्यक प्रक्रिया पुरा गरी आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी संचालन हुने व्यवस्था मिलाइ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गर्न परिपत्र जारी गरेको थियो।र सो व्यवस्था नभएको पाइएमा कानुन बमोजिम आवश्यक कारवाही अधी बढाइने जानकारी मन्त्रालय दिएको थियो तर अहिले सम्म कार्बाही गरेको छैन।मन्त्रालयले पत्र पठाएको अहिले एक वर्ष पूरा भइसकेको छ ।
आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी संचालनमा नरहेको प्राथमिक स्वास्थ्य केन्द्र बनकटुवाले परिपत्र जारी भएको मितिले एक महिना भित्र आवश्यक प्रक्रिया पुरा गरी आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी संचालन गर्नु पर्नेमा प्राथमिक स्वास्थ्य केन्द्र बनकटुवाले कमिसनको लोभमा अस्पताल परिसर भित्र लामो समय देखी निजि फार्मेसी सञ्चालन गर्न दिएको स्रोतले बाँके अपडेटलाई बताएको छ।राष्ट्रिय स्वास्थ्य नीति २०७६ को रणनीति ६.१०.२, जन स्वास्थ्य सेवा ऐन २०७५ को दफा २९. स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ को परिच्छेद १५. अस्पतालहरुको न्युनतम सेवा मापदण्डको २.५.१.४ तथा अस्पताल फार्मेसी निर्देशिका २०७२ मा अस्पताल फार्मेसी संचालन कार्यान्वयन सम्बन्धी व्यवस्था रहेको छ।बार्षिक रुपमा करोडौंको चलखेल हुने गरेको स्रोतले बताएको छ।
यसै विषयलाई लिएर प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा. जिवन गिरी सँग बुझ्दा आफु ३/४ दिन पहिले मात्र इन्चार्ज भएर आएको अहिले आफुलाई यस विषयमा सबै कुरा थाहा नभएकाले यस बारेमा अध्ययन गरेर भन्ने बताएका छन् । बैजानथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्षण शाहीले बताएनुसार नेपालगंजमा रहेको स्वास्थ्य बिमा कार्यालयसंग फार्मेसीले सम्झौता गरे पछी नितान्त निजि नभएको र फार्मेसीको कर्मचारी नपाएर त्यहाँको लाइसेन्स बाला संग सम्झौता गरेर सञ्चालन गर्न दिइएको बताएका छन्।
प्राथामिक स्वास्थ्य केन्द्रको आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्नु पर्नेमा आफुले पनी २ पटक सम्म पत्र पठाएको र अहिले सम्म लागु नभएको उनले स्वीकार गरेका छन्। उनले कार्यपालिकाको बैठक बसेको र त्यसको सम्झौता खारेज गर्ने गरी निर्णय कार्यपालिकाले गर्न लागेको हुँदा अब १ महिना भित्रमा प्राथमिक स्वास्थ्य केन्द्र बनकटुवाको स्वामित्वमा रहने गरी फार्मेसी सञ्चालन हुन्छ भनि बाँके अपडेटलाई बताएका छन्।









