६ साउन,

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन्।

कांग्रेस–एमाले मिलेसँगै ३० असारमा चौथोपटक प्रधानमन्त्री बनेका उनले दुईतिहाइभन्दा बढी सांसदको विश्वास मत पाएका हुन्।

आइतवार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव राखेकामा पक्षमा १८८ मत पर्‍यो। विपक्षमा ७४ मत पर्दा कतै पनि मत दिन्न भन्ने पक्षमा १ मत पर्‍यो। मतदान प्रक्रियामा २६३ जना सांसद सहभागी थिए।

यसअघि संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले २८ वैशाखमा विश्वास गुमाएपछि ओली सोही धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित ख