
१८ असार,
बाँके । नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन्।
अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको नेतृत्वमा आठै जना मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी गरेका हुन्।
एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि राजीनामा दिने एमालेको अपेक्षा छ। सत्ता गठबन्धनमा एमाले कांग्रेसको सहमति भएसँगै प्रचण्ड सरकार ढल्नेछ।
आजै सरकार गठनका लागि कांग्रेस एमालेले दाबी पेश गर्ने तयारी गरेका छन्। नयाँ सहमति अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन्।





