
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा न. ८ अन्तर्गत घण्टेश्वरी सामुदायिक वन र परुवा खोलाको विचमा सञ्चालन भएको नव दुर्गा प्रोसेसिङ्ग प्रा.लि ले मापडण्ड विपरित कार्य गरी रहँदा राप्ती सोनारी गाउँपालिका प्रमुख वडा न. ८का वडा अध्यक्ष , जिल्ला समन्वय समिति बाँके, जिल्ला प्रशासन कार्यालय बाँके, घरेलु तथा साना उद्योग कार्यालय बाँके यी सबैको संरक्षणमा उक्त क्रसर सञ्चालन भइरहेको स्थानियले आरोप लगाएका छन्। यसै विषयलाई लिएर घन्टेशवरी सामुदायिक उपभोक्ता समितिले उक्त कार्य संचालन गर्न नमिल्ने र सामुदायिक वनको क्षेत्रफल च्यापिने भएको हुँदा विभिन्न निकायमा उक्त कार्यलाई रोक लगाउन को लागि पत्रचार गरेको थियो। वडा न. ८को कार्यालयले मिति २०८०/१०/२९ गते चलानी न. ११५२ मार्फत पत्र काटी नव दुर्गा प्रोसेसिङ्ग प्रा .लि.लाई उक्त क्रसर उद्योग सञ्चालन गर्न नमिल्ने भनि पत्र काटेको देखिन्छ। त्यसै गरी अर्को पत्र राप्ती सोनारी गाउँपालिकाको कार्यालयले मिति २०८०/१० / २४ गते राप्ती सोनारी गाउँपालिका वडा न. ८का वडा सदस्यले जिल्ला प्रशासन कार्यालय बाँके दर्ता न. २१०८ मा भएको मापडण्ड विपरितको क्रसर सञ्चालनमा रोक लगाउन अग्राह गर्दा समेत वेवस्था गरेको स्थानियले बाँके अपडेटलाई बताएका छन्।”ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन। मापदण्ड, २०७८ स्वीकृत गर्ने विषयको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको दर्ता नं. १९/२-०७९/१/४ को प्रस्ताव म.प.वै.सं. १/०७९ मिति २०७९/१/१३ को मन्त्रिपरिषद्को बैठकमा पेश हुँदा “मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिमा छलफल गरी पेश गर्ने” निर्णय भएअनुसार मिति २०७९/१/२२ मा बसेको मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट परिमार्जन भएबमोजिम “ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, विक्री तथा व्यवस्थापनसम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०७९” स्वीकृत भएको थियो।तर बाँकेको परुवा खोलामा सन्चालनमा ल्याउन लागिएको क्रसर उद्योगले मापदण्ड नै पूरा नगरी पावर र पहुँचको भरमा सञ्चालन का साथै खोला उत्खनन् गर्ने गरेको स्थानियले बताएका छन् । “ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, विक्री तथा व्यवस्थापनसम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०७९”मा लेखिएको छ घनाबस्ती बाट १ किलोमिटर टाढा हुनुपर्ने, वन क्षेत्रबाट ५०० मिटरको दुरीमा , निकुन्ज तथा आरक्षण बाट २ किलोमिटर को दुरी साथै खोला वा नदी किनारबाट ५०० मिटर दुरीमा हुनुपर्ने देखिए पनी कुनै पनी मापडण्ड पुरा नगरी सञ्चालन गर्ने गरेको स्थानियले बाँके अपडेटलाई बताएका छन्।






