२५ वैशाख,

नयाँ दिल्ली- भारतमा लडाकु विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

भारतीय वायुसेना (आईएएफ) को मिग–२१ विमान सोमबार बिहान नियमित प्रशिक्षणको क्रममा राजस्थानको सुरतगढ नजिक दुर्घटनाग्रस्त हुँदा तीन सर्वसाधारणको मृत्यु भएको हो ।

हनुमानगढका एसपी सुधीर चौधरीका अनुसार दुई महिलाको घटनास्थलमै र अर्का एक जनाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । मृत्यु हुनेमा ६० वर्षीया लीला देवी, ४५ वर्षीया बशोकौर र ५५ वर्षीया बंतो रहेका छन् ।

घाइते तीन जनाको सरकारी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी स्थापना गरिएको आईएएफले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख