
२४ वैशाख,
बाँके । कोहलपुर नगरपालिकाको दशौं स्थापना दिवसको अवसरमा भोलि (सोमबार) सार्वजनिक विदा दिइएको छ।
नगरपालिकाको दशौं स्थापना दिवस भब्यताका साथ मनाउने कार्यक्रम रहेको हुँदा नगरपालिका क्षेत्रमा रहेका सबै सरकारी कार्यालय/ वडा कार्यालय / स्वास्थ्य संस्था/ शिक्षण संस्था एवं सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिइएको हो।
वैशाख २४ गते को नगर कार्यपालिकाको निर्णयानुसार दशौं स्थापना दिवसको अवसरमा सार्बजनिक विदा दिइएको प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले जानकारी दिनुभयो। सो दिन सार्वजनिक विदा भएता पनि नगरपालिकाले प्रदान गर्ने आकस्मिक एवं अत्यावश्यकीय कार्यहरु भने सुचारु हुने उहाँले बताउनु भयो ।
सूचनामा हेर्नुहोस्!







