८ वैशाख,

भारत : भारतको जम्मु कश्मीरमा प्रतिबन्धित समूहले गरेको आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

राष्ट्रिय राइफल्स युनिटका जवान बोकेको सैन्य ट्रकमा अचानक भएको गोलाबारी र बम प्रहारमा मानवीय क्षति भएको भारतीय अधिकारीहरूले जनाएका छन्।

बिहीबार दिउँसो जम्मु कश्मिरको पुन्छ जिल्लामा खराब मौसम भएको समय पारेर प्रतिबन्धित समूह जैश–ए–मोहम्मद समर्थित पिपुल्स एन्टि फासिस्ट फ्रन्टले आक्रमण गरेको थियो।

भारत सरकारले जम्मु कश्मीरको विशेषाधिकार खोसेपछि यो विद्रोही समूह चर्चामा आएको हो। खराब ‘भिजिबिलिटी भएको मौका छोपेर ‘काउन्टर टेरोरिस्ट अपरेसन’मा तैनाथ सैनिकमाथि उक्त समूहले आक्रमण गरेको थियो।

साथै गोलाबारीपछि ग्रिनेट आक्रमण हुँदा ट्रकमा आगो लागेको र त्यसले मानवीय क्षति बढेको अधिकारीहरूको दाबी छ। ज्यान गुमाउने सैन्य जवानमा ४ पञ्जाबी र एक उडिसा निवासी रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख