
रुकुमेली सेवा समाज ले राप्ती सोनारीको अध्यक्षमा दल बहादुर खड्का चयन भएका छ्न ।शनिबार राप्तीसोनारी ८ सम्शेरगजमा भएको गाउँपालिका स्तरीय रुकुमेलीहरुको भेलाबाट खड्का अध्यक्षमा चयन भएका हुन । खडकाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा शोभा वली,सचीवमा सरोज कुमार विश्वकर्मा ,कोषाध्यक्षमा हिरालाल केसी,सहसचिवमा मन बहादुर बोहोरा चयन भएका छ्न । त्यस्तै सदस्यहरुमा कृष्ण बहादुर केसी,मन कुमारीबिष्ट ,मनबिर बिक र हरि बहादुर वली चयन भएका छ्न ।









