
बाँके जील्ला को कोहलपुर नगरपालिका वडा नम्बर१० डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्नप्रतिबन्ध लगाएको छ । उक्त खोलामा केही दिन अघि डुवेर कोहलपुरका दुई जना बालकको मृत्यु भएको थियो। स्थानीयको जन गुनासो आय सङै बन्दा क्षेत्रमा विगत का वर्षमा पनि नुहाउने र पौडी खेल्ने क्रममा युवाहरुलेज्यान गुमाएका थिए । वर्सेनि मानवीय क्षेतीका घटना भइरहे काले थप घटना नहोस् भन्ने उद्देश्यले बन्दा क्षेत्रमानुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएको हो। चटार गाउँदेखि सिम्रीजाने बाटोको बीचको डुडुवा खोलाको बन्दाक्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएको बोड वारि र पारी दुवै ठाउँमा राखिएको कोहलपुर नगर प्रहरीप्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो ।








