
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपालआयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको प्रतीलीटर मूल्य ८६ पैसा र डिजेलको मूल्य १रुपैयाँ ७४ पैसाले घटाएर पठाएको हो। हाल बजारमा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेलप्रतिलिटर १७५ रूपैयाँमा रहेको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि पट्रोलियम पदार्थकोनयाँ मूल्य सूचीबारे के गर्ने भन्नेबारे बोर्ड बैठक बसेर निर्णय गरिने बताइएको छ।








