२७ फागुन,

सुरज राजवंशी / बाँके। मध्पश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पसमा चैत्र ३ गते स्ववियु निर्वाचन हुने भएको छ । आईतबार सम्पूर्ण विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गराएका छन । आहिले क्याम्पसमा चुनावी सरगर्मी बढेको छ । उमेद्वारहरु आ- आफ्नो एजेण्डाका साथ विद्यार्थीहरू लाई रुझाउन लागिपरेका छन् ।

तस्बिरमा देखिएका यी तीन (३) युवा विद्यार्थी नेता आफैमा मजबुती नेताका रूपमा परिचित छन् । यिनै तीन विद्यार्थी नेता बागेश्वरी बहुमुखी क्याम्पस सभापति पद हाँक्ने दाउँमा छन् ।

स्ववियु निर्वाचनबाट मध्यपश्चिमाञ्चल विश्विद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस सभापति पदमा आपसमा भिड्ने भएका हुन । राजनीतिमा बर्षौ पहिले देखी होमिएका यी ३ विद्यार्थी नेता बिचको प्रतिस्पर्धा भने चानचुने हुने छैन ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)बाट सभापति पदमा देवेन्द्र बुढा, नेपाल विद्यार्थी संघ बाट टिका शाही ठकुरी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बाट लक्ष्मण आचार्यले सभापति पदमा उम्मेदवारी दिएका छन।

अनेरास्ववियुका देवेन्द्र बुढा आफैमा युवा नेता हुन । लामो समयदेखि राजनीतिमा होमिएर विद्यार्थीका हकहितका लागि आवाज उठाउँदै आएका छन् । उनी विद्यार्थी माझ राम्रो छवि बनाएका छन । यसो हेर्दा उनी जीत सहजै निकाल्ने देखिन्छ । लामो समय देखि विद्यार्थीका लागि आवाज उठाउँदै आएका र विद्यार्थीमा बढी घुलमिल भएका हुँदा उनको जित निश्चित देखिन्छ । विद्यार्थीको मन जित्न सफल भएका देवेन्द्र त्यति कमजोर उम्मेद्धार भने हैनन् ।

तर यता नेविसंघकी सभापतिका उम्मेद्धार टिका शाही पनि उत्तिकै बलियो उम्मेद्धार रहेकी छिन् । क्याम्पसमा छात्राको बाहुल्यता बढी भएको र उनी आफै छात्रा हुँदा अत्यधिक मतले विजयी हुने सम्भावना बढी देखिन्छ । शाही जेसिस, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल जस्ता विभिन्न सामाजिक संघ संस्थामा विभिन्न दायित्व लिएर निर्वाह गर्दै आएकी हुँदा उनी सभापति पदका लागि अब्बल देखिन्छिन् । छात्रा/ छात्र बीच राम्रो छावि बनाएकी उनी सजिलै विजयी हुने निश्चित देखिन्छ ।

यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका सभापतिकाका उम्मेद्धार लक्ष्मण आचार्य पनि बलियो उम्मेद्धार रहेका छन् । आचार्य राजनीतिमा बर्षौ पहिले देखी आफ्नो छवि उच्च स्थानमा राख्दै आई रहेका नेता हुन । तर क्याम्पसमा विद्यार्थी माझ घुलमिल कम भएको हुँदा उनलाई अलि बढी संघर्ष र मेहेनत गर्नु पर्ने देखिन्छ । उनको लागि चुनौती पूर्ण भएको देखिन्छ । तर भने क्याम्पसमा क्रान्तिकारीको गतिविधिको हकमा विजयी हुने सम्भावना पनि उत्तिकै देखिन्छ ।

तीन जानै सभापतिका उम्मेद्धार प्रचार – प्रसारमा व्यापक तरिकाले लागिपरेका छन् । विभिन्न एजेण्डाका साथ विद्यार्थीहरुको घरदैलो तथा फोन सम्पर्क गरिरहेका छन् । पछिलो समय सामाजिक सञ्जालको प्रयोग बढी भए सँगै चुनावी प्रचार प्रसार पनि सामाजिक सञ्जाल बाटै गरिरहेका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उम्मेदवार हरु !

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारीका) का उम्मेदवारहरु !

नेपाल विद्यार्थी संघका उम्मेदवारहरु !

बागेश्वरी बहुमुखी क्याम्पसमा उम्मेदवारहरुको अंतिम नामावली !

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख