
जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका १ शिवनगरबाट फागुन २५ गते सशस्त्र प्रहरीले करीब ७ लाख ५०हजार रुपैयाँ बराबरको ३० वटा गोलिया काठ र एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । अवैध रुपले लैजाँदैगरेको अवस्थामा उल्लेखित मूल्य बराबरको एक सय क्यू.फिट सगुनको काठसहित लु २ त ८५६४ नम्बरकोट्रयाक्टर सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णनगरले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको काठ रट्रयाक्टर सब डिभिजन बन कार्यालय ठाकुरापुर कपिलवस्तुमा
बुझायको सशस्त्र प्रहरी ले जनायको छ ।








