
९ मंसिर,
बर्दिया । बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सञ्जय कुमार गौतम विजयी भएका छन्।
आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीलाई झन्डै साढे चार हजार मतले हराउँदै गौतम विजयी भएका हुन्।
अन्तिम मत परिणामअनुसार कांग्रेसका गौतमले ३०६११ मत ल्याएका छन् भने एमालेका ज्ञवालीले २६१५५ मत ल्याएका छन्। उनीहरूको मत अन्तर ४४५६ छ।





