
✍️बिजय काफ्ले
बाँके अपडेट मिडिया समाचारको प्रभावका कारण डिएसपि ऐन बहादुर मल्ल चुहिएको बिटको छानो अनुगमनमा पुगेका छन ।
कोहलपुर १२ चपरगौडिमा रहेको प्रहरी बिटमा बर्षाको समय पानी चुहिदा प्रहरी नै सुत्न गाह्रो भएको भएको भन्दै बाके अपडेट मिडिया ले केही समय अघि मात्र समाचार सम्प्रेषण गरेको थियो । उक्त समाचार सुन्नासाथ ईप्रका कोहलपुरका प्रमुख ऐन बहादुर मल्लले आफ्नो प्रहरी कर्मचारीहरु बस्ने बिट अनुगमन गरेका छन ।
अनुगमन पश्यात डिएसपि ऐन बहादुर मल्लले मिडियाहरुको अघि नै भने “सके सम्म छिटो यस बिट मर्मत गर्ने कोसिस गर्ने छु । मेरो मातहतको प्रहरीलाई दु:ख कदापी हुने दिने छैन।” सङै उनले भने; यस्ता हामिले नदेखेका र थाहा नभएका कुरा मिडियाले मार्ग दर्शन गरेकोमा मिडियालाई धन्यवाद समेत दिए ।
उनको यो सक्रियता नै पत्रकार जगतको सम्मान र मिडिया प्रतिको सकारात्मक धारणाको रुपमा लिन सकिन्छ । यसरी समाचार सम्प्रेषण हुन साथ एक्सनमा कम नै प्रहरी अधिकारीहरु जाने गर्दछन ।
यसरी डिएसपि मल्लले दुर्त गतिमा जनगुनासो सुन्दा ‘प्रहरी मेरो साथी’ को आभास भएको स्थानीय नै बताउछन ।





